कहिले पूरा हुन्छ नेपालीको रेल सपना ?


 


काठमाडौं,चेत ३
नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आव २०६६र६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभागको स्थापना गरेको थियो।

विभाग गठन भएको साढे पाँच वर्ष भइसकेको छ। यस बीचमा रेलका आधा दर्जनभन्दा बढी योजना आगाडि बढेका छन्। राष्ट्रिय गौरवको आयोजनामै परेको ९४५ किमिको पूर्व–पश्चिम रेलमार्गको खण्डगत रूपका काम भइरहेको छ।

पछिल्लो समय यसको चर्चा बढेको छ भने नेपालीको रेल सपना कहिले पूरा हुने भनि व्यग्र पर्खाइमा छन् नेपालीहरू। रेलमार्ग निर्माण गर्दा बढीमा तीन प्रतिशतभन्दा उकालो नचढ्ने गरी बनाउने गरिन्छ। रेलमार्ग बनाउँदा एक सय मिटरसम्ममा बढीमा तीन मिटरको मात्रै उचाइ हुने र सोभन्दा बढी भए रेल जान नसक्ने प्राविधिकको सुझाव छ।

तीन प्रतिशतभन्दा कम उकालोरओरालो हुने गरी बनाउनुपर्ने भएकाले पुल, सुरुङ र घुम्ती धेरै हुन्छ। यी चुनौतीका कारण नेपालमा रेलमार्ग निर्माण लागत धेरै पर्ने, दक्ष जनशक्ति अभाव र योजना कार्यान्वयन नहुने समस्याले नेपालीका लागि रेल योजनामा मात्रै सीमित हुन पुगेको छ। अन्नपूर्णमा खबर छ ।

पाँच वर्षको अन्तरालमा निकै ठूला प्रोजेक्ट सम्पन्न भएको अन्तर्राष्ट्रिय अनुभव छ। नेपालमा हालसम्म एउटा पनि रेलमार्गको सुनिश्चित हुन नसक्नुमा दक्ष जनशक्ति र स्रोत साधनकै अभाव भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए। उनका अनुसार यसअघि काम अगाडि नबढेकाले नेपालीको रेल सपना पूरा हुने आधार बनेको थिएन।

काम सुरु भएकाले आवश्यक बजेट अभाव हुन नदिने हो भने पाँच वर्षभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण काम गर्न सकिने विभागले जनाएको छ।

 

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्