एकै दिनमा किन परे ५१ सरकारी गाडी प्रहरी नियन्त्रणमा ?



काठमाडौं, चैत ४
ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो । नागरिक दैनिकमा खबर छ ।

शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् । यसबाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News