भोजपुरका पत्रकार भन्छन ‘समाचारमा हस्तक्षेप नगर’


 


press bigeptiभोजपुर, भदौ २७
भोजपुरका पत्रकारहरुले समाचार लेखनमा हस्तक्षेप नगर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । अाइतबार पत्रकारहरुका स‌ंघ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै निर्वाध पत्रकारिता गर्न र प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार खाेज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै प्रेस बक्तव्य जारी गरेका हुन् ।

पछिल्लो समय जिविस भोजपुरको एलजीसीडिपी कार्यक्रममा कार्यरत इन्जिनियर राजु शिवाकोटी र एकिकृत माअाेवादी भोजपुरका अध्यक्ष सुदन किरातीको बिषयमा जिल्लाका सन्चार माध्यम र पत्रकारहरुले खोजमुलक समाचार लेख्दै अाएका छन् । उक्त समाचारको बिषयमा जिल्लाबाट प्रकाशन हुने साप्ताहिक पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर एकिकृत माओवादी भोजपुरका अध्यक्ष सुदन किराँतीले दिएको धम्किको विषयमा पत्रकारका संघ संगठनहरुले आपत्ति जनाएका छन् ।

भोजपुर पोष्ट साप्ताहिकका ब्यवस्थापक अर्जुन बस्नेतलाई समाचारको विषयमा पार्टी कार्यालयमा बोलाएर आफू अनुकुल समाचार प्रकाशित नभएको भन्दै बस्नेतलाई समाचार सच्याउन किरातीले धम्कि दिएका थिए । किरातीले बस्नेतलाई धम्की दिँदै समाचार नसच्याए झडप हुने भनी चेतावनी दिएका थिए ।

उनले आफू अनुकुलको समाचार प्रकाशित गर्नका लागि पत्रिकामा विशेषांक नै प्रकाशित गर्न बस्नेतलाई दबाब दिएकाे बुझिएको छ । यो विषयलाई लिएर जिल्लास्थित पत्रकारका संघ संगठनले आपत्ति जनाएका हुन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र किरात राई पत्रकार संघले संयुक्त प्रेस विज्ञप्ती निकालेका हुन् ।

समाचारको विषयलाई लिएर एउटा सञ्चारकर्मीलाई धम्कि दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो, विज्ञप्तीमा भनिएको छ । भदौ महिनाको शुरुवात देखी नै जिल्ला विकास समिति भोजपुरको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ राजु शिवाकोटीलाई धम्किपूर्ण टेलिफोन आएको र उक्त धम्कि दिने ब्यक्तिलाई मिलाउने भन्दै किरातीले अाफूसँग रकम मागेको पीडित शिवाकोटीले खुलासा गरेका थिए। जुन कुरा स्वयंम किराँतीले नै रकम तोकेर नमागे पनि कमजोरी भएको पत्रकार सम्मेलनमा स्विकार गरेका थिए ।

प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्