मलेसियामा हात गुमाएका युवालाई मेरो प्यारो भोजपुर ग्रुपको आर्थिक सहयोग


 


sahayogभोजपुर, भदौ २८
बैदेशिक रोजगारीको क्रममा मलेसियामा दाहिने हात गुमाएका भोजपुरका एक युवालाई मेरो प्यारो भोजपुर फेसबुक ग्रुपले आर्थिक सहयोग गरेको छ । गत पुस महिनामा मलेसिया पुगेका भोजपुरको बैकुण्ठे ५ छापगाउँका देवान राईको चैत्र १६ गते कम्पनीमा काम गर्दागर्दे मेसिनले दाहिने हात चुँडाएको थियो ।

राईको हात चुँडाएर गम्भिर घाइते भएपछि मेरो प्यारो भोजपुर फेसबुक ग्रुपका एडमिनहरुले देवान राई सहयोग अभियान चलाएका थिए । उक्त अभियानबाट संकलित एक लाख ७२ हजार छ सय ३९ रुपैयाँ पीडित राईलाई एक कार्यक्रमका बिच सोमबार भोजपुरमा हस्तान्तरण गरिएको छ ।

sahayog 1ग्रुपका एडमिनहरुले संकलन गरेर पठाएको रकम भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले पीडित राईलाई हस्तान्तरण गरेका हुन् । यो रकम मलेसियामा रहेका मौसम राईले ५३ हजार दुई सय १३ रुपैयाँ, दुबइमा रहेकी सन्ध्या लक्ष्मी राईले ३३ हजार एक सय १०, मलेसियामै रहेका ओम प्रकाश विष्टले २५ हजार पाँच सय, र जापानमा रहेका विनोद प्रधानले २० हजार आठ सय १८ रुपैयाँ संकलन गरेका थिए ।

त्यस्तै मलेसियामा रहेका जोन ताजले ३५ हजार पाँच सय ४८ रुपैयाँ संकलनमा सहयोग गरेका थिए । मलेसियामा रहेकी इलामकी माया राईले दुई हजार चार सय ५० र सुमित्रा कार्की काठमाडौबाट दुई हजार सहयोग प्राप्त भएको मेरो प्यारो भोजपुर ग्रुपका एडमिन विनोद प्रधानले जानकारी दिए ।

राईका लागि सहयोग संकलनकर्ता सबै भोजपुरका हुन् । भोजपुरबाट बैदेशिक रोजगारका लागि विदेशमा रहेको भोजपुरे युवाहरुले मेरो प्यारो भोजपुर नामको फेसबुक ग्रुप खोलेर सामाजिक सेवामा लागेका छन् । उनिहरुले दुःख र पीडामा परेका भोजपुरेहरुलाई सहयोग गर्ने जनाएका छन् ।

यो ग्रुपले गुप्तेश्वर गाविस ९ की २६ बर्षिया सिमा प्रधानको दुबै मृगौला बिग्रेकोले उपचार सहयोगका लागि यतिबेला सहयोग अभियान चलाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्