असोज ३ गते यसरी नयाँ संविधान घोषणा हुँदैछ


 


काठमाडौं, भदाै २८

नेपालको संविधान २०७२ औपचारिक रुपमा असोज ३ गते साँझ पाँच बजे घोषणा हुने भएको छ। संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आजै सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई निम्तो दिन शीतल निकास जाने कार्यक्रम छ।

‘सात बजे संविधानसभाको बैठक स्थगित भएपछि संविधानसभा अध्यक्ष राष्ट्रपतिज्यूलाई निम्तो दिन शीलन निकास जाने कार्यक्रम छ,’ कुइँकेलले भने,’यही असोज ३ गते साँझ पाँच बजे संविधानसभा भवनमा औपचारिक रुपमा राष्ट्रपतिज्यूले नयाँ संविधान जारी भएको घोषणा गर्नुहुने छ।’

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्