प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गयो


 


रुपन्देही, भदाै २९

रुपन्देहीको वेथरीमा प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । अवरुद्ध रहेको सडकमा यातायात सुचारु गराउन स्कर्टिङमा गएको गाडीलाई आन्दोलनकारीले रोक लगाएपछि सुरक्षकर्मीले गोली चलाएका थिए ।

भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय वालक चन्दन कुमार पटेलको मृत्यु भएको हो। घाइते नन्दनी पाण्डे, पुर्णपासी धोवी लगायतको अस्पताललमा उपचार भईरहेको छ । सुरक्षाकर्मीले दर्जनौ अश्रुर ग्यास र हवाई फायर चलाएको थियो।

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्