निमार्णाधीन घरको छतबाट खसेर मृत्यु
झापा, जेठ १०
झापाको विर्तामोड नगरपालिका ६ बुट्टाबारीमा निर्माणाधीन घरको छतबाट खसेर एक भारतीय नागरिकको आज मृत्यु भएको छ। स्थानीय गोपी प्रसाँईको घर निर्माणमा खटिएका भारत बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारीको आज दिउँसो चार तलाबाट खस्दा मृत्यु भएको हो।
माथीबाट खसेर गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागी मनमोहन अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार
















