चार तला माथिबाट खसेर मजदुरको मृत्यु



झापा, जेठ ११

निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्