४.१ म्याग्निच्यूडको भूकम्पको धक्का


 


काठमाडौं‌, भदाै ३०
बुधबार राति ८ बजेर ३७ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का काठमाडौं तथा आसपासका क्षेत्रमा  महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको ठूलो पातल गाउँ विकास समिति केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको हो । यसअघि एक साताअघि दोलखा नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्