१ नम्बर प्रदेशसभाको अधिवेशन आह्वान



विराटनगर, जेठ ११

प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ ।

प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । रासस

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्