मोरङ अदालतमा गोरेको बयान जारी



विराटनगर, जेठ ११

सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती गोरेको जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो ।

सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराउनुभयो । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।

यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी आज अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News