मृगलाई हानेको गोली युवकलार्इ लाग्दा ठहरै



संखुवासभा, जेठ १२

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्