गोरेलाई आज पनि बयानका लागि लगियो, अब के होला ?
विराटनगर, जेठ १३
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती गोरेलाई आज चौथो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ पुर्याएको छ ।
उच्च सुरक्षा दिएर गोरेलाई केही बेर अघि अदालत पुर्याइएको हो । उनीसंग सम्भवत आज बयान लिइसकिने अदालतले जनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेसंग गत बुधबारदेखि बयान लिने काम भइरहेको छ । उनीसंग अदालतले यस अघि २७ पृष्ठको बयान लिइसकेको छ । निमित्त स्रेस्तेदार गौतमले मुद्धाका प्रतिवादी धेरै भएको र मुद्धा पनि ठूलो भएका कारण कारण मुख्य अभियुक्तसंग बयान लिन समय लागेको बताउनु भयो ।
गोरेको बयान लिइसकेपछि वादी र प्रतिवादीबीचका वकिलबीच थुनछेक बहस सुरु हुने छ । त्यसपछि अदालतबाट गोरेका सम्बन्धमा आदेश आउने जानकारी गौतमले दिनु भयो । सवाल जवाफका क्रममा त्रुटि नहोस र कुरा नछुटोस भन्नका लागि मिहिन ढंगबाट बयान लिने काम भइरहेको उहाँले बताउनु भयो ।
प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार
















