आगलागीबाट ६० लाखको क्षति



झापा,जेठ १३
झापाको गौरीगञ्ज गाउँपालिका ६ मा आगलागीबाट दुई वटा पसल जलेका छन् । आगोले गौरीगञ्ज–६ खजुरगाछी बजारमा रहेको महेन्द्र श्रेष्ठको घरमा विधुत सर्ट भई राती ९ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट महेन्द्र श्रेष्ठको आफ्नै ब्याग पसल तथा उहाँको घरमा रहेको धर्मेन्द्र गोश्वामीको कस्मेटिक पसलका सामानहरु जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको बताइएको छ । आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्