मोरङ अदालतमा गोरेको बयान सकियो
मोरङ, जेठ १३
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो ।
आजै थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जनाएको छ । बयानका क्रममा आज गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ । उर्लाबारी – ७ का गोरेसहित उनका समुहले उर्लाबारी – ७ कै सनम शाक्यको करेन्ट लगाएर हत्या गरेको थियो ।
प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार
















