पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उर्त्तीण


 


काठमाडौं, भदाै ३१

एसएसलीको पुरक परीक्षाको परीक्षाफल अाज प्रकाशन भएको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए।

परीक्षामा छात्रतर्फ ५५ हजार  तीन सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी विद्यार्थी मध्ये ८३ हजार ७८ जना परीक्षार्थी उर्त्तीण भएको द्वारेले बताए ।

जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् ।

कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेदेखि ३० गतेसम्म एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।

रासस

प्रकाशित मिति: ३१ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्