उदयपुरमा चट्याङबाट तीन जनाको मृत्यु
उदयपुर, जेठ १७
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ ।ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो ।
अन्य दुई पनि घाइते भएको प्रहरीले बताएको छ । अहिले साँझ नै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको जवान र एम्बुलेन्ससहितको टोली घटनास्थलतर्फ पठाइएको छ । रासस
प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार
















