रंगेलीमा सडक विस्तार



विराटनगर, जेठ २५

मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् । उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि रु ५० लाख लागेको वडाध्यक्ष महानन्द मण्डलले बताउनुभयो ।

बिपी आश्रमदेखि आमगाछीसम्मको चार किलोमिटर, झुुंगिटोलदेखि धनपटी जोडने पाँच किलोमिटर, मधुुवनी आमगाछी जोडने चार किलोमिटरलगायतका सडक विस्तार गरिएका हुन् । ती सडक २० देखी २५ फिट फराकिला छन् ।

वडाध्यक्ष मण्डलले आगामी पाँच पाँचवर्षभित्र सम्पूर्ण सडक पिच गर्ने लक्ष्यअनुुसार सडक विस्तार गरिएको बताउनुुभयो । सडक निमार्ण एवं विस्तारको कामलाई उक्त वडाले पहिलो प्राथमिकतामा राखेको छ ।

उहाँले वडाका सडक कालोपत्रेका लागि सांसद विकास कोष र नगरपालिकासँग आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News