भदौ २० भित्र तमोर नदीको पुल निर्माण सक्न निर्देशन



ताप्लेजुङ, जेठ २५

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै आएको पुलको निर्माण भदौ २० मा सम्पन्न नगरे कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । निर्माणमा ढिलासुस्ती भएकोप्रति गम्भीर चासो राख्दै जिसीले निर्माणस्थलमै पुगेर समयमै सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई लिखित कागज गराएका छन् ।

भदौ २० गतेभित्रै निर्माण सम्पन्न गर्ने र यदि नगरे कानुनी कारबाहीको भागेदार हुने भन्दै निर्माण कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्स झापाका प्रतिनिधि प्रभुराम बिमलीले लिखतमा हस्ताक्षर गरेका छन् । वि.सं. २०७२ साल असोजभित्रै पुलको निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले हालसम्म निर्माण सम्पन्न भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News