लागूऔषधसहित दुईजना पक्राउ
सुनसरी, जेठ २६
सुनसरीको धरानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई शुक्रवार राती पक्राउ गरेको छ । धरान ६ बाट को १ ह ९७४२ नम्बरको ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस ६३ क्याप्सुलसहित चालक धरान ११ बस्ने भबिन तामाङ्ग र धरान ६ बस्ने समिर बस्नेतलाई पक्राउ गरिएको हो ।
बरामद लागुऔषध, ट्याम्पु र दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार
















