कुखुरा फारममा आगलागी हुँदा १६ लाख बढीको क्षति
सुनसरी, जेठ २६
सुनसरीको वराह नगरपालिका – ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा आज विहान आगलागी भएको छ । विहान ८ः३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो ।
आगलागीबाट फारममा रहेको करिब सात लाख बराबरको कुखुरा तथा ४५ बोरा दाना जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ६५ हजार रुपैया बराबरको क्षति भएको बताइएको छ । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार
















