रामेश्वर शिव मन्दिरमा पुनः डोमनाथ



मोरङ, जेठ २६

मोरङको उर्लाबारी–४ आइतबारेमा रहेको रामेश्वर शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः डोमनाथ खतिवडा चयन हुनुभएको छ ।
शनिबार मन्दिर परिसरमा भएको ३४ औं वार्षिक साधारणसभाबाट तीन वर्षे कार्यकालका लागि खतिवडाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा नेत्रप्रसाद पौडेल, सचिवमा पदम घिमिरे, सहसचिवमा भवानी खतिवडा र कोषाध्यक्षमा पूजा न्यौपाने (प्रकृति) चुनिनु भएको छ । यस्तै, सदस्यहरुमा निलम दाहाल, मोहन विश्वकर्मा, मञ्जु खतिवडा, मिलन दाहाल, तुलसा ओझा र नगेन्द्र भण्डारी रहनुभएको छ । मन्दिरको लेखा समिति संयोजकमा प्रमोद निरौला र सदस्यहरुमा दुर्गाराम कार्की तथा ज्ञानप्रसाद निरौलालाई छानिएको छ ।
यसअघि आयोजित साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सबै जातजाति, संस्कृति, धर्मको संरक्षणका लागि नगरपालिकाले ध्यान दिने बताउनुभयो ।

साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डोमनाथ खतिवडाले आफ्नो कार्यकालमा मन्दिर घेराबारा, मन्दिरलाई जीर्णोद्वार गरी प्रतिस्थापन गरिएको, मन्दिर परिसरमा खानेपानीको व्यवस्था, सभाहलका अधुरा कार्य सम्पन्न गरेको बताउनुभयो । मन्दिरका लागि पुजारी बस्नका लागि सभाहलको माथिल्लो तलामा आवासको व्यवस्था मिलाइएको, १५ दिने योग शिविर सञ्चालन गरिएको अध्यक्ष खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अघिल्लो समितिको कार्यकालमा ११ लाख २३ हजार ९ सय १४ रुपैयाँआम्दानी र १३ लाख ३१ हजार ६ सय १२ रुपैंया खर्च भएको उहाँले बताउनुभयो । मन्दिरको अक्षयकोषमा दुई लाख पाँच हजार रुपैंया रहेको जनाइयो ।

साधारणसभामा कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक प्रमोद निरौलाले लेखासमितिको प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा विभिन्न भजन किर्तन मण्डलीका कलाकारहरुले भजन किर्तन समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, नेपाल सरकारका शाखा अधिकृत नइन्द्रप्रसाद दाहाल, वडा नं। ४ का वडा सदस्यद्वय कल्याण राई, कृष्णमाया कडरियालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News