निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न आग्रह
मोरङ ,जेठ २६
मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सीनालाई भेटेर सांसद लिम्बूले जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमुनाका रुपमा प्रस्तुत गर्न प्रहरी निरीक्षक तिमिल्सीनालाई आग्रह गर्नुभएको हो ।
उर्लाबारी र मिक्लाजुङ क्षेत्रको शान्ति सुब्यवस्था मजबुत बनाउन सांसद लिम्बूले जोड दिनुभयो । त्यस्तै, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता रुपेश खतिवडा, भूपाल जिमी, उर्लाबारी नगरपालिकाकी उपमयेर लक्ष्मी भण्डारीलगायतले निष्पक्ष रुपमा जनताको सुरक्षाका लाग्न प्रहरी निरीक्षक तिमिल्सीनालाई अनुरोध गर्नुभयो । प्रहरी निरीक्षक तिमिल्सीनाले जनतालाई सुरक्षाको प्रत्याभूति दिन कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार
















