खोलामा युवतीको शव फेला

जनकपुर, जेठ २७
रत्नसागर पोखरीमा शनिबार एक युवतीको शव फेला परेको छ ।
जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँ गोरो वर्णकी अन्दाजी २०–२२ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।
युवतीको ८–१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार
















