जिप दुर्घटनामा चार जना घाईते
पाँचथर, जेठ २७
पाँचथरको हिलिहाङ गाउँपालिका १ मा हिजो साँझ बलेरो जिप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । दुर्घटनामा जिपका चालक ताप्लेजुङ तिरिङगे– ४ का खेम लिम्बु, पाँचथर हिलेहाङ–१ की सम्झना लिम्बु, अन्जना लिम्बु र सीता योङहाङ घाइते भएका हुन् ।
पाँचथरको थर्पुबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ज २२८३ नम्बरको जिप साँझ ५ बजे अनियन्त्रित भई सडकबाट पचास मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेहरुलाई इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरीको टोलीले उपचारका लागी जिल्ला अस्पताल पाँचथर पठाएको थियो ।
प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार
















