फरार अभियुक्त पक्राउ



उदयपुर, जेठ २८

कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरिएका चौधरीलाई एक वर्षअघि नै जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दासम्बन्धी जेलसजायको फैसला गरिसकेको कारण अब जिल्ला कारागार उदयपुर पठाइन लागेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News