किसानलाई बिरुवा वितरण
मोरङ, जेठ २९
उर्लाबारी नगरपालिका कृषि विकाश शाखाले आज नगरका किसानहरुलाई बिरुवा वितरण गरेको छ । नगरका किसानहरुले गरेको माग बमोजिम सुन कागती ६०२, बिजु कागती ३१, मोरङी कागती ९१, किन्नो सुन्तला २८, मालद्धा आँप १९५, अम्रपाली आँप २०७, मल्लिका आँप ३७, लिच्ची २८३, अम्बा २३, रुख कटहर २ र अनारका ४४ वटा बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख नेल्शन पोख्रेलले जानकारी दिनुभयो ।
नगरको कृषि शाखाले यसअघि पनि नगरका व्यवसायिक कृषक, फर्म तथा कृषि सहकारी संस्थालाई अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको थियो ।
प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार
















