अवैध काठसहित पाँचजना पक्राउ


 


मोरङ,जेठ  ३०

मोरङको केराबारीबाट प्रहरीले मंगलबार राती अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ ।  १४ क्युवि फिट सखूवा र साज जातको काठसहित केराबारी–७ बस्ने बिमल लिम्बु, शुक्रबहादुर लिम्बु, खगेन्द्र राई, सन्तोष राई र सुशिल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई केराबारी गाउँपालिका – ७ स्थित जनता सामुदायिक वनबाट चिरान काठ चोरी पैठारी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्