करेन्ट लागेर मजदुरको मृत्यु
मोरङ, असार १
मोरङको बुढीगंगा गाउँपालिका –१ स्थित आरती स्ट्रिप्स प्रा.लि. मा गएराती करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाईते भएका भारत, सितामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।
राती साढे १० बजे मेशीन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उहाँको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।
प्रकाशित मिति: १ असार २०७५, शुक्रबार
















