अाज यसरी अाउँदैछ नयाँ संविधान


 


nepal ko sambidhanभोजपुर, असोज ३

अाउँला कि नअाउँला ? यी र यस्ता अनेक प्रश्नकाबिच अाज नेपालले नयाँ संविधान पाउँदैछ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक लेखेको संविधान अपरान्ह पाँच बजे राजधानी काठमाण्डुस्थित संविधानसभा भवनबाट बिशेष समारोहकाबिच घोषणा भएपछि अाजै बाट लागू हुनेछ ।

अाजभन्दा ठिक ६५ बर्ष अगाडी नेपाली जनताले देखेको सपना अाज पुरा हुँदैछ । त्यसैले अाज विशेष दिन हो । यस्तो दिन एक युगमा एक चोटी अाउँने गर्छ ।

अाफ्नै जनप्रतिनिधिले पहिलोपटक लेखेको संविधानको व्यग्र पर्खाइमा छन् अाम नागरिक । त्यसैले अाजको दिनलाई सफलताकाे दिन मान्छन् उनिहरु ।

याे सफलताकाे घडीमा गत निर्वाचनमा मतदान गर्ने शान्तिका अाकांक्षी जनता उभिएका छन्, त्यसैले सर्वाधिक खुसी छन् । राष्ट्रपति रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गरेर नेपालको संविधान २०७२ जारी गर्देछन् ।

संविधान जारी भएसँगै लामो समयसम्मको संक्रमणकाल अन्त्य हुनका साथै गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समाबेशिता संस्थागत हुनेछ । संविधानको स्वागतका लागि देशभर उत्साह छाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्