चिप्स उद्योगको यन्त्रमा च्यापिएर मृत्यु

लहान, असार २
सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ ।
मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस
प्रकाशित मिति: २ असार २०७५, शनिबार
















