“उर्लाबारीका पत्रकार असुरक्षित रहेको निष्कर्ष”



विराटनगर, २ असार । क्रियाशिल पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपाल मोरङ शाखाले उर्लाबारी नगरपालिकामा रहेका पत्रकारहरु पछिल्लो समय असुरक्षित बन्दै गएकोमा चिन्ता ब्यक्त गरेको छ ।

शाखाको शनिवार विराटनगरमा बसेको बैठकले उर्लाबारीमा पछिल्लो समय पत्रकारहरुलाई प्रलोभनमा पारि फसाउने, अप्रत्यक्ष धाकधम्की र चेतावनी दिने काम भईरहेको भन्दै चिन्ता ब्यक्त गरेको हो । चौतारीका जिल्ला उपाध्यक्ष केदार चौहानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना सहितको मिलेमतोमा फसाईएको निष्कर्ष निकालेको छ ।

पत्रकार चौहानले आफ्नो पत्रिका राष्ट्रिय समाचार पत्र दैनिकमा नगरमा भईरहेका बिकृतिका विषयमा समाचार मार्फत पर्दाफास गरेपछि उनीमाथि पैसा लिएको आरोप लगाएर फसाईएको चौतारीको दाबी छ । चौहान सम्पादक रहेको राष्ट्रिय समाचार पत्रमा पछिल्लो पटक उर्लाबारी – १ को मिक्लु र ४ को सोल्टी खोलामा भईरहेको पाकृतिक श्रोतको दोहन, उर्लाबारी – १ मा रहेको मापदण्ड बिपरितको पूर्वेली क्रसर उद्योग, शुक्रवार मात्र शिलबन्दी भएको मापदण्ड बिपरितको ओजन पानी उद्योग, ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त गोरेले दिएको बयान लगायतका विषयमा लगातार प्रमुख समाचार प्रकाशन गर्दै आएका थिए ।

नगरमा भईरहेको बिकृति र बिसंगतिका बारेमा पत्रकार चौहानले पर्दाफास गरेपछि उनलाई योजनाबद्ध रुपमा फसाईएको चौतारीको निष्कर्ष छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष बिक्रम लुईटेल,  नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेल, महासंघका पूर्व जिल्ला अध्यक्ष महेन्द्र बिष्ठ, चौतारीका पूर्व अध्यक्ष माधव अधिकारी, नरेन्द्र दाहाल लगायतले उर्लाबारीमा रहेका पत्रकारहरु असुरक्षित हुन परेकामा चिन्ता ब्यक्त गर्नुभयो ।

चौतारी मोरङले स्थानीय प्रहरी प्रमुख तिमिल्सिनाकै मिलेमतोमा पत्रकार चौहानलाई फसाईएकोमा उनीबाट स्थानीय पत्रकारहरु सुरक्षित हुनेमा आशंका ब्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ मोरङले आईतबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत उर्लाबारीमा रहेका पत्रकारहरुको सुरक्षाको समेत माग गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News