मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



चितवन,  असार ३

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेको समयमा भएको सो दुर्घटना परी मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प ३७०४ नंको मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पुलमै अड्किएको र मोटरसाइलमा सवार दुई जना उछिट्टिएर सडकबाट करीब सय मिटर तल खसेको आचार्यले बताउनुभयो ।

शवलाई कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली र जनपद प्रहरीले शव निकालेका जनाइएको छ । अफ्ठेरो स्थानमा खसेकाले प्रहरीले डोरीबाट गएर शव निकालेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News