दुई जनाको मृत्यु



झापा,असार ४

झापाको शिवसताक्षी नगरपालिका – १० दोमुखास्थित माईखोलाले बगाएर सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ ।  हिजो बेलुका खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा बगाउँदा उहाँको मृत्यु भएको हो ।

घटना बारे अपरान्ह ४ बजेतिर स्थानीयबासीबाट प्रहरीलाई खबर आएपछि घटनास्थलमा अस्थायी प्रहरी पोष्ट माईधारबाट टोली परिचालन हुँदा शेर्पाको शव खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो ।

यस्तै भोजपुरको षडानन्द नगरपालिका– ३ मा माथीबाट खसेको ढुङाले लागेर एक बृद्धको मृत्यु भएको छ । स्थानीय गाउँलेहरु मिलेर सिक्तेलटार–कुनालुङ जोड्ने गोरेटो बाटो खन्नेक्रममा माथीबाट ढुङा झरेर लाग्दा सोही ठाउँ बस्ने ६५ वर्षिय श्रीप्रसाद राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News