आगलागीबाट ५ लाख बढीको क्षति


 


सोलुखुम्बु, असार ६

सोलुखुम्बुको थुलुङ–दुधकोशी गाउँपालिका –७ बस्ने नौबहादुर राईको घरमा आज बिहान आगलागीबाट करिब पाँच लाख ३३ हजार बराबरको क्षति भएको छ ।

राईको घरमा बिहान ७ बजेतिर खाना पकाउने क्रममा चुल्होबाट आगलागी भएको थियो । आगलागीबाट काठ र फुसले बनेको घर, घरभित्र राखेको नगद ५० हजार, खाद्यान्न, भाडाँकुँडा तथा लत्ताकपडाहरु जलेर नष्ट भएको बताइएको छ । आगोलाई प्रहरी चौकी नेलेबाट गएको टोली र स्थानीयबासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्