लागुऔषधसहित एक युवक पक्राउ



सुनसरी, असार ७

सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान उपमहानगरपालिका ५ देउराली चौकबाट सोही ठाउँ बस्ने २६ वर्षका अपिन तामाङलाई गएराती एभिल ७० एम्पुल, डाईजोलप ७० एम्पुल र लुपिजेसिक ७० एम्पुलसहित पक्राउ गरेको हो ।

तामाङलाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्