भारतीय मजदुरको करेन्ट लागेर मृत्यु



राजविराज, असार ७

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।

भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।

उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News