भोजपुरमा निकालियो सदभाव ¥याली


 


sadvab ryali - Copyभोजपुर, असोज ४
संविधान जारी भएको खुसियालीमा भोजपुरमा सदभाव  ¥याली निकालिएको छ । सोमबार बिहान स्थानीय शान्ति समितिको नेतृत्वमा आइतबार जारी भएको संविधानको स्वागत गर्दे सद्भाव ¥याली निकालिएको हो ।

अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर निकालिएको ¥यालीमा राजनीतिक दल, नागरिक समाज, उद्योगी, ब्यापारी, सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो । सद्भाव ¥याली लोकतान्त्रिक गेटबाट शुरु भएर बजार परिक्रममा गरेको थियो ।

संविधान जारी भएसँगै भोजपुरमा आइतबार बेलुका दिपावली समेत गरिएको थियो ।

प्रकाशित मिति: ४ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्