खुसियालीमा एमालेको चियापान


 


chiyapan 1भोजपुर, असोज ४
आइतबार जारी भएको संविधानको स्वागत र खुसियालीमा नेकपा एमाले भोजपुरले चियापान कार्यक्रम गरेको छ । नेपाली जनताको लामो पर्खाइपछि संविधान जारी भएको खुसियालीमा एमालेले चियापान आयोजना गरेको हो ।

चियापानमा जिल्लाका सात राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी, ब्यापारी, नागरिक समाज, पत्रकार, सरकारी कर्मचारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । संविधान जारी गर्ने प्रक्रियामा संलग्न दलहरु एकजुट भएर भोजपुरमा खुसियाली मनाइरहेका छन् ।

जिविसको सामुदायिक भवनमा आयोजित कार्यक्रममा एमालेले चिया र लड्डु बाँडेर खुसियाली मनाएको थियो ।

chiyapan - Copy

प्रकाशित मिति: ४ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्