संविधान जारी हुँदा पनि आत्महत्या !


 


महोत्तरी, असोज ४

काठमाडौंमा संविधान जारी भएलगत्तै महोत्तरीमा एक जनाले आत्महत्या गरेका छन् । महोत्तरीको गौशाला ५ बस्ने ५० वर्षीय रामप्रदिप महतोले आफूलाई आइतबार जारी भएको संविधान मन नपरेको भन्दै राति नै आत्महत्या गरेका हुन् ।

उनले छिमेकीहरूलाई भेला गराई साक्षी राखेर यो संविधान जारी भए आफूले आत्महत्या गर्ने बताउँदै आएका थिए । नभन्दै उनले आइतबार राति घरको बगैचाँमा रहेको आँपको रूखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्