बाढी–पहिरोले जापानमा एक सय बढीको मृत्यु, १५ लाखलाई सुरक्षित स्थान सारियो


 


एजेन्सी,
जापानको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण जापानमा बाढी र पहिरोमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । जसमा सोही संख्यामा मानिसहरु वेपत्ता छन् ।

जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले केहीको उद्धार भइरहेको र केहीलाई सहायता चाहिएको बताएका छन् ।

जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

हिरोसिमाभन्दा तीन सय किलोमिटर टाढा पर्ने क्योटो शहरमा पनि मुसलधारे वर्षा भइरहेको छ ।

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्