राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित



काठमाडौँ, असार २५

राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री डा खतिवडाले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसैगरी ऋण तथा जमानत ९२२ औँ संशोधन विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा सांसद अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गर्नुभएको भएको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गर्यो । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News