राष्ट्रियसभाबाट तीन विधेयक पारित



काठमाडौँ, असार २६

राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक पारित गरेको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकले “आर्थिक विधेयक, २०७५”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७५” र “ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५” लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News