सुुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश



काठमाडौं, असार २६

पार्टी विधान अन्तर्गतको नियमावली बनाउन गठित नेपाल कम्युनिष्ट पार्टीको तीन सदस्यीय कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलले नियमावलीको लागि मस्यौदा पेश गरेको हो । मस्यौदाबारे सचिवालय बैंठकमा छलफल भए पनि अन्तिम टुंगो भने लाग्न सकेन ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले पेश गरेको नियमावली मस्यौदाको अध्ययनपछि चाँडै अन्तिम रुप दिने बताउनुभयो । बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । कार्यदलमा बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News