ट्यांकरमा लक सिस्टम लागू



विराटनगर, असार ३०

नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गर्नुभयो । सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमति आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्नेलगायत उद्देश्यमा सहयोग पुग्ने हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताउनुभयो । लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाएको छ ।

लक सिस्टम ९ताला० भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News