दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु



सोल, साउन २

दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । घाइतेको उपचार भइरहेको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News