विराटनगर जुटमिलमा तालाबन्दी



विराटनगर, साउन २

विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् ।

जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले करारमा कार्यरत २४ जनामध्ये यही साउन १ गतेदेखि १० को करार अवधि सकिएकाले निष्कासन गरिएको बताउनुभयो । उहाँका अनुसार बन्द रहेको जुटमिलमा कर्मचारीको आवश्यकता नहुने भएकाले करार अवधि सकिएपछि केहीलाई कामबाट हटाइएको हो ।

निष्कासनमा परेका कर्मचारीले भने जुट मिलका अध्यक्ष वन नै अवैध भएको र सञ्चालक समितिको निर्णयबिनै आफूहरुलाई गैरकानूनी तरिकाले निष्कासन गरेकाले मान्य नहुने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News