डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो


 


काठमाडौं, साउन ३

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सैनिक हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा बसेका डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट आज साँझ काठमाडौं ल्याइएको हो ।

डा केसीलाई लिएर आएको हेलिकोप्टर टुँडिखेलस्थित सैनिकमन्चमा अवतरण गरेको थियो । त्यसलगत्तै डा केसीलाई उपचारका लागि वीर अस्पताल लैजान खोजिएकोमा नारा–जुलुस भएपछि डा केसीलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्