बाढीका कारण ६३ जनाको मृत्यु



उलान बाटोर, साउन २२

बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमवार जनाएको छ ।

“दुई जनाको मृत्यु गत हप्तान्तमा भएको विवरण प्राप्त भएको छ,” सो कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । बाढी पहिरोमा परी मृत्यु हुनेहरूको यो कुल संख्या गत बर्ष भरिको भएको बताइएको छ ।

सो कार्यालयले खोला नदीमा पानीको मात्रा बढेर बाढी आउने गरेकाले बाढीबाट सुरक्षित हुनेतर्फ सतर्क हुन पनि आह्वान गरेको छ ।

मङ्गोलियामा जुलाईको सुरुदेखि अत्यधिक बर्षा हुनेगरेको छ भने अगस्टको मध्यसम्म पनि बाढीको खतरा बढी हुने गरेको मौसमविद्हरूले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News