भारतीय हस्तक्षेपको बिरोधमा, अोर्लिए युवा सडकमा (हेर्नुहोस् फोटो-भिडियो)


 


india ko birodh (5)भोजपुर, असोज १०
भारतीय हस्तक्षेपको बिरोधमा भोजपुरका युवाहरु सडकमा ओर्लिएका छन् । युवाहरुले अपरान्ह सदरमुकाममा जुलस निकालेर भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।

एमाले निकट अनेरास्ववियुले निकालेको जुलुसमा संविधान जारी भएपछि भारतले नाकाबन्दी गरेको भन्दै भारतविरुद्ध चर्काे नाराबाजी गरेका थिए । नेपाली जनताबाट चुनिएका प्रतिनिधिको अत्याधिक बहुमतले जारी संविधानको स्वागत गर्नुको सट्टा भारतले नांगो हस्तक्षेप गरेको भन्दै उनिहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।

india ko birodh (2)उनिहरुले नेपाल भूपरिबेष्ठित देश हो नाकाबन्दी गर्न पाईदैन्, हामी नेपाली एक हौ, नेपाली जनताको स्वतन्त्रता माथि हस्तक्षेप गर्न पाईदैन जस्ता नारा लगाएका थिए भने भारतबिरुद्ध चर्काे नाराबाजी गरेका थिए । युवाहरुले टाउँको कालोपट्टी बाँधेर विरोध जनाएका छन् भने भारतविरुद्धका प्ले कार्ड बोकेर सडकमा नाराबाजी गरेका थिए ।

लोकतान्त्रिक गेटबाट शुरु भएको जुलुस चारभन्ज्याङमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अनेरास्ववियुका पूर्व केन्द्रिय सचिवालय सदस्य ध्रुव राज राईले सम्बोधन गरेका थिए ।india ko birodh (1)

 

india ko birodh (3) india ko birodh (4)भिडियो हेर्नुहोस्

प्रकाशित मिति: १० आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्